एफिसी 4:31-32
एफिसी 4:31-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:31-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै तितोपना, क्रोध, रिस, झैझगडा, निन्दा र सबै किसिमका घृणासमेत त्यागिदेओ। एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:31-32 पवित्र बाइबल (NERV)
तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर। आपसमा दयालु र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्