एफिसी 3:1-8 - Compare All Versions

एफिसी 3:1-8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसैकारण म पावल, तिमी अन्‍यजातिहरूका पक्षमा ख्रीष्‍ट येशूको कैदी— तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ। जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्‍य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ। जब तिमीहरू यो पढ्‌छौ, ख्रीष्‍टको रहस्‍यबारे मेरो आन्‍तरिक समझ के छ, सो तिमीहरू बुझ्‍न सक्‍छौ। जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्‍माद्वारा अहिले प्रकट भएको छ, त्‍यो अरू पुस्‍ताका मानिसहरूलाई जनाइएको थिएन, अर्थात्‌ सुसमाचारद्वारा नै अन्‍यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्‍ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्‌। उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्‍वरको त्‍यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ। सबै सन्‍तहरूमा म अत्‍यन्‍त तुच्‍छ भए तापनि ख्रीष्‍टको अगम्‍य सम्‍पत्तिको सुसमाचार अन्‍यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो।

शेयर गर्नुहोस्
एफिसी 3 NNRV

एफिसी 3:1-8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्‍ट येशूको कैदी हुँ— तिमीहरूका निम्ति मलाई परमेश्‍वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा तिमीहरूले पक्‍कै सुनेका छौ। जुन प्रकाशद्वारा त्यो रहस्य मलाई प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु। तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्‍टको रहस्यबारे मेरो अन्तर्दृष्‍टि बुझ्नेछौ। जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्‍वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ। यो रहस्य के हो भने सुसमाचारमा विश्‍वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्। परमेश्‍वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ। यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो।

शेयर गर्नुहोस्
एफिसी 3 NCV

एफिसी 3:1-8 NERV (पवित्र बाइबल)

यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ। अवश्य तिमीहरू जान्दछौ कि परमेश्वरले आफ्ना अनुग्रहले तिमीहरूलाई सहायता गर्न मलाई यो काम सुम्पनु भएकोछ। परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु। अनि मैले लेखेका ती कुराहरू पढ्यौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ। अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ। गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्। परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ। परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ।

शेयर गर्नुहोस्
एफिसी 3 NERV

एफिसी 3:1-8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्‍टको काम गर्दा म पावल कैदी भएको छु। तिमीहरूकै लागि मैले परमेश्‍वरको अनुग्रहको काम गर्ने भार पाएको छु भन्‍ने कुरा तिमीहरूले साँच्‍चै सुनेका छौ। परमेश्‍वरले आफ्‍ना भित्री योजना खोलिदिएर मलाई प्रकट गर्नुभयो। यसै बारेमा मैले तिमीहरूलाई पहिले नै संक्षेपमा लेखिसकेको छु। मैले लेखेको कुरा पढ्यौ भने मैले ख्रीष्‍टका रहस्‍य कति बुझेको रहेछु तिमीहरूलाई थाहा हुनेछ। पहिले यो रहस्‍य अरू कुनै मानिसलाई थाहा दिएको थिएन तर अहिले यो रहस्‍य आत्‍माद्वारा आफ्‍ना पवित्र प्रेरित र अगमवक्ताहरूलाई परमेश्‍वरले प्रकट गरिदिनुभएको छ। त्‍यो रहस्‍यचाहिँ यही हो, अरू जातिका मानिसले पनि सुसमाचारद्वारा इस्राएलीले जस्‍तै परमेश्‍वरको आशिष्‌हरू पाउन सक्‍छन्। अरू जातिका मानिस पनि एउटै शरीरका अङ्ग हुन् र ख्रीष्‍ट येशूमा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको भागिदार भएका छन्। उहाँको विशेष वरदानद्वारा नै सुसमाचारको काम गर्ने सेवक म बनें, यो वरदान उहाँले आफ्‍नो शक्तिको कामबाट नै मलाई दिनुभयो। ख्रीष्‍टका पवित्र जनहरूमध्‍ये म सबभन्दा तुच्‍छ भए पनि ख्रीष्‍टको असीम सम्‍पत्ति सुसमाचार अरू जातिका मानिसलाई सुनाउने वरदान परमेश्‍वरले मलाई नै दिनुभयो।

शेयर गर्नुहोस्
एफिसी 3 सरल नेपाली