एफिसी 2:10-11
एफिसी 2:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्दथे।
एफिसी 2:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हामी परमेश्वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो। यसकारण याद राख, अगिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भनिन्थ्यो।
एफिसी 2:10-11 पवित्र बाइबल (NERV)
हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो। तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ।
एफिसी 2:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामी उहाँका सृष्टि हौं। हाम्रा जीवनबाट असल काम होस् भनेर नै उहाँले हामीलाई ख्रीष्ट येशूमा सृष्टि गर्नुभयो। हामीहरूले ती असल कामहरू गरौं भनेर उहाँले पहिले नै तयार गर्नुभयो। एक समय तिमीहरू कस्ता थियौ, सम्झ। शरीरको अङ्गमा हातद्वारा खतना लाउने इस्राएलीहरूले आफैंलाई शरीरमा खतना लाएका र तिमीहरूलाई खतना नलाउने अरू जातिका मानिस भन्छन्।