एफिसी 1:16-18

एफिसी 1:15-18 पवित्र बाइबल (NERV)

त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें। म सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्। म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ।

शेयर गर्नुहोस्
एफिसी 1 पढ्नुहोस्

एफिसी 1:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरलाई म सधैँ धन्‍यवाद चढाइ नै रहन्‍छु। म तिमीहरूलाई प्रार्थनामा सम्‍झिनेगर्दछु। प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, सम्‍मान्‌को योग्‍य पिताले तिमीहरूलाई पवित्र आत्‍मा देऊन् भनी म प्रार्थना गर्दछु। आत्‍माले तिमीहरूलाई ज्ञानी बनाउनुहुनेछ र परमेश्‍वरलाई पनि तिमीहरूकहाँ प्रकट गरिदिनुहुनेछ र तिमीहरूले उहाँलाई चिन्‍नेछौ। उहाँको ज्‍योति पाउन तिमीहरूका हृदयको आँखा खुलून् भनी म प्रार्थना गर्दछु र तिमीहरूले थाहा पाउनेछौ कि कत्रो आशाको लागि उहाँले तिमीहरूलाई बोलाउनुभयो र ख्रीष्‍टका पवित्र जनहरूमा उहाँले पाउनुहुने हकको सम्‍मान् कति ठूलो छ।

शेयर गर्नुहोस्
एफिसी 1 पढ्नुहोस्