उपदेशक 7:13-14
उपदेशक 7:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्छ र? समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको विषयमा केही पत्ता लाउन सक्दैन।
उपदेशक 7:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले के गर्नुभयो, ती विचार गर: उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ? जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन।
उपदेशक 7:13-14 पवित्र बाइबल (NERV)
परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ। जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।
उपदेशक 7:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको काममाथि विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरा कसले सोझो पार्न सक्छ? आफ्ना सबै कुरा ठीक छन् भने खुसी होओ तर दु:ख-कष्ट आउँदा यो कुरा याद राख कि सुख र दु:ख दुवै परमेश्वरले नै पठाउनुहुन्छ। फेरि पछि के हुने हो, त्यो कसैले जान्दैन।