उपदेशक 3:11-12 - Compare All Versions

उपदेशक 3:11-12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌। म जान्‍दछु कि मानिसको निम्‍ति आफू जीवित रहँदा आनन्‍दित रहनु र असल गर्नुभन्‍दा अरू असल कुरो केही छैन।

शेयर गर्नुहोस्
उपदेशक 3 NNRV

उपदेशक 3:11-12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

प्रत्‍येक कुरा उहाँले त्‍यसको ठीक समयमा सुन्‍दर बनाउनुभयो। उहाँले हामीलाई अनन्‍तबारे जान्‍ने इच्‍छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्‍न सकिंदैन। जीवन रहुञ्‍जेल आफूले सकभर भलो जीवन बिताउनु र सुखी रहनु मात्र हाम्रो काम रहेछ भनी मैले थाहा पाएँ।

शेयर गर्नुहोस्
उपदेशक 3 सरल नेपाली

उपदेशक 3:11-12 NERV (पवित्र बाइबल)

परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ। मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।

शेयर गर्नुहोस्
उपदेशक 3 NERV

उपदेशक 3:11-12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्। म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन।

शेयर गर्नुहोस्
उपदेशक 3 NCV