व्यवस्था 8:7-9
व्यवस्था 8:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्छन्। त्यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्नेछौ।
व्यवस्था 8:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्। यस्तो देश, जहाँ गहुँ र जौ, अङ्गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्। यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ।
व्यवस्था 8:7-9 पवित्र बाइबल (NERV)
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ। त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने प्रत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ।
व्यवस्था 8:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु तिम्राहरूका परमेश्वरले तिमीहरूलाई एउटा मलिलो देशमा ल्याउँदै हुनुहुन्छ, जुन देशमा नदी र खोलाहरू छन् र जमिनमुनिका पानीका मूलहरू पहाड र बेसीहरूमा बही निस्कन्छन्। त्यस देशमा गहुँ, जौ, अङ्गुर, नेभारा, दारिम र जैतुनको उब्जनी हुन्छ अनि मह पनि पाइन्छ। “त्यहाँ तिमीहरू कहिल्यै भोकाउनेछैनौ र तिमीहरूलाई केही कुराको कमी हुनेछैन। त्यहाँका चट्टानमा फलाम छन् र पहाडहरूबाट तामा निकाल्नलाई खानि खन्न सक्छौ।