व्यवस्था 6:4-7
व्यवस्था 6:4-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर।
व्यवस्था 6:4-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्वर, एक मात्र याहवेह हुनुहुन्छ। याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख। यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
व्यवस्था 6:4-7 पवित्र बाइबल (NERV)
“हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ। आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख। जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिँड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं।
व्यवस्था 6:4-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हे इस्राएलीहरू हो, यो याद गर! परमप्रभु मात्र हाम्रा परमेश्वर हुनुहुन्छ। परमप्रभु आफ्नो परमेश्वरलाई आफ्ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू कहिल्यै नभुल। ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। तिमीहरू घरमा छँदा वा बाहिर टाढा जाँदा, बस्दा वा काम गर्दा तिनको घरीघरी चर्चा गर।