व्यवस्था 31:7
व्यवस्था 31:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्ने तिनलाई भने, “बलिया र साहसी होऊ! किनकि परमप्रभुले तिनीहरूका पिता-पुर्खासित दिन्छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ, र त्यो तिनीहरूलाई तिनीहरूका अंशको निम्ति तिमीले बाँड़िदिनुपर्छ।
व्यवस्था 31:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशाले यहोशूलाई बोलाइपठाए, र सारा इस्राएलीहरूको उपस्थितिमा तिनलाई भने, “बलियो र साहसी होऊ; किनकि यी मानिसहरूसँग याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमी जानुपर्छ। अनि तिमीले त्यस देशलाई यिनीहरूका अधिकारको रूपमा यिनीहरूलाई बाँडिदिनुपर्छ।
व्यवस्था 31:7 पवित्र बाइबल (NERV)
तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ। मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ।