व्यवस्था 30:17-18
व्यवस्था 30:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्न र सेवा गर्न लाग्यौ भने, तिमीहरू निश्चय नै नष्ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्नेछैनौ।
व्यवस्था 30:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि तिमीहरूका हृदय तर्केर गयो र तिमीहरू अनाज्ञाकारी भयौ, र तिमीहरू अरू देवी-देवताहरूका अगि दण्डवत् गर्न र तिनीहरूलाई पुज्नलाई आकर्षित भयौ भने, म आज तिमीहरूलाई यो घोषणा गर्दछु, तिमीहरू अवश्य नाश हुनेछौ। तिमीहरूले यर्दन पार गरेर अधिकार गर्न जाने देशमा तिमीहरू लामो समयसम्म जीवित रहनेछैनौ।
व्यवस्था 30:17-18 पवित्र बाइबल (NERV)
तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने, तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेतावनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउँन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।
व्यवस्था 30:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तिमीहरूले ती मानेनौ र उहाँका वचन सुन्न इन्कार गर्यौ भने अनि अन्य देव-देवता पुज्नपट्टि लाग्यौ भने तिमीहरू नाश हुनेछौ– म अहिले यहाँ तिमीहरूलाई यो चेतावनी दिँदछु। तिमीहरूले अधिकार गर्न आँटेको यर्दनपारिका देशमा तिमीहरू धेरै दिन बास गर्नेछैनौ।