व्यवस्था 30:1-6
व्यवस्था 30:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु परमेश्वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष् र श्राप तिमीहरूमाथि पर्नेछन् र तिनको स्मरण गरेर तिमीहरू र तिमीहरूका सन्तान परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्नो पूरा हृदय र आफ्नो पूरा प्राणले मान्नेछौ, तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्याउनुहुनेछ। तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्दा टाढ़ो देशमा भए पनि त्यहाँबाट परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई बटुल्नुहुनेछ, र त्यहाँबाट तिमीहरूलाई फर्काएर ल्याउनुहुनेछ। तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई ल्याउनुहुनेछ, र तिमीहरूले त्यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्दा उन्नतिशील र असंख्य बनाउनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक।
व्यवस्था 30:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पार्नुभएपछि तिमीहरूले ती हृदयमा लिनेछौ। अनि जब तिमीहरू र तिमीहरूका छोराछोरीहरू याहवेह आफ्ना परमेश्वरकहाँ फर्कनेछौ, र आज मैले तिमीहरूलाई आज्ञा दिएअनुसार हरेक कुरामा आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले उहाँका आज्ञाहरू पालन गर्छौ, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ। तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ। याहवेहले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूका देशमा ल्याउनुहुनेछ, र त्यस देशमा तिमीहरूले अधिकार गर्नेछौ। उहाँले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूभन्दा अझै धेरै समृद्ध र असंख्य बनाउनुहुनेछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका र तिमीहरूका सन्तानहरूका हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमीहरूले उहाँलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले प्रेम गर्न सक र त्यस देशमा तिमीहरू जीवित रहन सक।
व्यवस्था 30:1-6 पवित्र बाइबल (NERV)
“मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ। त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ। तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ। यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ। जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।
व्यवस्था 30:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“अब मैले आशिष् वा सरापमा एउटा चुन्ने मौका तिमीहरूलाई दिएको छु जब यी सबै कुराहरू भएर परमप्रभुले तिमीहरूलाई छरपष्ट पार्नुहुन्छ अनि तिमीहरू अरू जातिहरूका बीचमा बास गर्छौ, तब मैले दिएको यो चुन्ने मौका तिमीहरूले सम्झनेछौ। तिमी र तिम्रा सन्तान परमप्रभुतिर फर्क्यौ र आफ्ना पूरा हृदयले आज मैले दिँदैगरेका उहाँका आज्ञाहरू पालन गर्यौ भने परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूमाथि कृपा गर्नुहुनेछ। जुन देशहरूमा तिमीहरू छरपष्ट भएर बसेका थियौ, त्यहाँबाट तिमीहरूलाई परमप्रभुले फर्काइल्याउनुहुनेछ र फेरि तिमीहरूको उन्नति गराउनुहुनेछ। तिमीहरू पृथ्वीका सबैभन्दा टाढा-टाढा कुनामा छरिएका छौ भने पनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई एकसाथ बटुल्नुहुनेछ र भेला पार्नुहुनेछ अनि तिमीहरू फेरि आफ्ना पुर्खाले एक समय बास गरेका देशलाई अधीनमा लिनेछौ। अनि उहाँले तिमीहरूलाई तिम्रा पुर्खाहरूभन्दा सङ्ख्यामा बढी र अरू धनी बनाउनुहुनेछ। परमप्रभु तिम्रा परमेश्वरले तिमी र तिम्रा सन्तानलाई आज्ञाकारी हृदय दिनुहुनेछ र तिमीहरू आफ्ना पूरा हृदयले उहाँलाई प्रेम गर्नेछौ र त्यस देशमा बास गरिरहनेछौ।