व्यवस्था 18:10-11
व्यवस्था 18:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्।
शेयर गर्नुहोस्
व्यवस्था 18 पढ्नुहोस्व्यवस्था 18:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमध्ये कसैले पनि आफ्ना छोरा वा छोरीलाई आगोमा बलिदान गरेको, जोखना हेरेको वा तन्त्रमन्त्र गरेको, जोखना हेर्ने, तन्त्रमन्त्र गर्ने कार्यमा संलग्न रहेको नभेट्टाइयोस्, अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्।
शेयर गर्नुहोस्
व्यवस्था 18 पढ्नुहोस्व्यवस्था 18:10-11 पवित्र बाइबल (NERV)
आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ। कुनै मानिसहरूलाई कसैमाथि टुना-मुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्।
शेयर गर्नुहोस्
व्यवस्था 18 पढ्नुहोस्