व्यवस्था 1:29-31
व्यवस्था 1:29-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तर मैले भनें, ‘ती मानिसहरूसित तिमीहरू नडराओ। परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ। तिमीहरूले मिश्रमा र उजाडस्थानमा देखेजस्तै उहाँले तिमीहरूको लागि फेरि लडाइँ गर्नुहुनेछ। बुबाले आफ्ना छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई यस ठाउँसम्म कसरी कुशलसाथ ल्याइपुर्याउनुभयो, त्यो तिमीहरूले देख्यौ।’
व्यवस्था 1:29-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मैले तिमीहरूलाई भनें, “भयभीत नहोओ। उनीहरूसँग नडराओ। तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका निम्ति लड्नुहुनेछ। उजाड़-स्थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू यहाँ आई नपुगुञ्जेलसम्म कसरी तिमीहरूलाई बोकेर ल्याउनुभएको थियो, सो तिमीहरूले त्यहाँ देखेका थियौ।”
व्यवस्था 1:29-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू भयभीत नहोओ; र तिनीहरूसँग नडराओ। याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो। अनि तिमीहरू यस ठाउँसम्म नआइपुगुन्जेल याहवेह तिमीहरूका परमेश्वरले आफ्ना छोराछोरीलाई बुबाले बोकेझैँ उहाँले बाटोभरि उजाडस्थानमा तिमीहरूलाई कसरी बोक्नुभयो, त्यो तिमीहरूले देख्यौ।”
व्यवस्था 1:29-31 पवित्र बाइबल (NERV)
“यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ। परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ। तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।’