दानिएल 4:2-3
दानिएल 4:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वोच्च परमेश्वरले मेरो निम्ति गरिदिनुभएका आश्चर्यकर्मका चिन्हहरू र अचम्मका कामहरूको बारेमा तिमीहरूलाई बताउन पाउँदा म खुशी छु। उहाँका चिन्हहरू कति महान् छन्, उहाँका अचम्मका कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो, उहाँको प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहन्छ।

दानिएल 4:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सर्वोच्च परमेश्वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो। उहाँका अलौकिक चिन्हहरू कति महान् छन्! उहाँका अद्भुत कार्यहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो; उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ।
दानिएल 4:2-3 पवित्र बाइबल (NERV)
सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नु भएको अद्भूत अनि छक्क-पर्दो चीजहरूको विषयमा तपाईंहरूलाई भन्न म अति खुशी छु। उहाँका चिन्हहरू महान छन्। उहाँका आश्चर्यपूर्ण कर्महरू शक्तिशाली छन्। उहाँको राज्य सदा-सर्वदा रहिरहने छ। राज्यमा उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ।
दानिएल 4:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सर्वोच्च परमेश्वरले मलाई देखाउनुभएका उदेक र आश्चर्यका कामहरू म बताउँछु, सो तिमीहरू सुन, “हामीलाई परमेश्वरले देखाउनुहुने उदेकका कामहरू कति महान् छन्! उहाँले गर्नुहुने अचम्मका कामहरू कति शक्तिशाली छन्! परमेश्वरले सदासर्वदा राज्य गर्नुहुनेछ, उहाँले अनन्तकालसम्म राज्य गर्नुहुनेछ।