दानिएल 12:1-4 - Compare All Versions
दानिएल 12:1-4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“त्यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्। यस्तो सङ्कष्टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म त्यस्तो कहिल्यै भएको छैन। तर त्यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्तकमा नाम लेखिएका सबै— बचाइनेछन्। पृथ्वीको धूलोमा सुतेका भीड़हरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्त तिरस्कारको लागि। बुद्धिमान्हरू आकाशको चमकजस्तै र धेरैलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन्। तर तिमीचाहिँ, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्तको समयसम्म बन्द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढ़ाउनलाई यता र उता जानेछन्।”
दानिएल 12:1-4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्। पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति। जो बुद्धिमान् छन्, तिनीहरू दिनको आकाशजस्तै चम्कनेछन्, र धेरै मानिसहरूलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ रातको ताराहरूजस्तै सदासर्वदाका निम्ति चम्किरहनेछन्। तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।”
दानिएल 12:1-4 NERV (पवित्र बाइबल)
“त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दु:खहरू र सङ्कटहरू हुनेछन्। यस्तो सङ्कट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ जीवनको पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्। अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम, घृणा र तिस्कारका निम्ति ब्यूँझने छन्। ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्। “तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँच्चो ज्ञान बढ्नेछ।”
दानिएल 12:1-4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सुती वस्त्र पहिरेका स्वर्गदूतले भन्दैगए, “त्यस बेला हाम्रा मानिसहरूको रक्षा गर्ने महान् स्वर्गदूत मिखाएल देखापर्नेछन्। तब यस्तो सङ्कष्टको समय आउनेछ कि जातिजातिको सुरु भएको समयदेखि त्यस बेलासम्म त्यस्तो समय कहिल्यै आएको थिएन। त्यो समय आउँदा परमेश्वरको पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिसहरू बाँच्नेछन्। अघि नै मरिसकेकाहरू मध्येबाट धेरै जना फेरि जीवित हुनेछन्, कतिले अनन्त जीवन पाउनेछन्, कतिले अनन्त दण्ड भोग्नेछन्। ज्ञानी अगुवाहरू आकाशमा चहकिलो प्रकाशले चम्कनेछन्। अनि धेरै मानिसहरूलाई सुकर्म गर्न सिकाउनेहरूचाहिँ ताराहरूझैँ सदा चम्कनेछन्।” उनले मलाई भने, “हे दानिएल, अब पुस्तक बन्द गर र संसारको अन्त्य नआइन्जेल त्यसलाई मोहोर-छाप लाएर राख। त्यो समयमा धेरै जनाले आफ्नो ज्ञान बढाउन व्यर्थमा दौड-धूप गर्नेछन्।”