कलस्सी 4:5-6
कलस्सी 4:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर। नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।
कलस्सी 4:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर। तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्न सक।
कलस्सी 4:5-6 पवित्र बाइबल (NERV)
अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर। जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यावहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।
कलस्सी 4:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
विश्वास नगर्नेहरूसँग व्यवहार गर्दा बुद्धि पुर्याएर गर र तिमीहरूले पाएका सबै मौकालाई पूरासँग चलाओ। नुनले खाना मीठो बनाएझैँ तिमीहरूको बोलिवचन सधैँ मीठो र चाखलाग्दो होस्। तिमीहरूले सबैलाई राम्रोसँग जवाफ दिन पनि जान्नुपर्दछ।