कलस्सी 2:9-15

कलस्सी 2:9-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

किनभने ख्रीष्‍टको शरीरमा नै परमेश्‍वरको सारा स्‍वर्गीय स्‍वरूप बसेको छ। ख्रीष्‍ट सबै राज्‍य र आत्‍माका शिर हुनुहुन्‍छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ। तिमीहरू ख्रीष्‍टमा हुनु नै साँचो खतना पाउनु हो। मानिसद्वारा शरीरमा लगाइने खतना होइन तर ख्रीष्‍टकै खतना लाएका छौ। यो खतनाचाहिँ तिमीहरूले यस शारीरिक स्‍वभावको शक्तिबाट छुटकारा पाउनु हो किनभने बप्‍तिस्‍मा लिंदा तिमीहरू ख्रीष्‍टसँगै गाडियौ अनि तिमीहरूले मरेकाबाट ख्रीष्‍टलाई बिउँताउनुहुने परमेश्‍वरको शक्तिमा विश्‍वास गरेका हुनाले तिमीहरू ख्रीष्‍टसँग बिउँतिएका छौ। तिमीहरूले पाप गरेको कारण र व्यवस्थाअनुसार खतना नलाउने अरू जातिका मानिस भएका हुनाले एक समय तिमीहरू आत्‍मिकरूपमा मरेका थियौ। तर अब त परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै बिउँताउनुभएको छ र हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभएको छ। उहाँले हाम्रो विरुद्ध लेखिएका सबै तमसुकहरू तिनका दाबीहरूका साथ रद्द गरिदिनुभयो। उहाँले तिनलाई क्रूसमा किला ठोकी नाश गर्नुभयो अनि त्‍यही क्रूसमा नै ख्रीष्‍टले आत्‍मिक शासक र शक्तिहरूबाट आफैं स्‍वतन्‍त्र पार्नुभयो। उहाँले तिनीहरूलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।

शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्

कलस्सी 2:9-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि ख्रीष्‍टमा ईश्‍वरत्‍वको सारा परिपूर्णता शरीरमा वास गर्दछ, र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्‍त शासन र अधिकारको शिर हुनुहुन्‍छ। ख्रीष्‍टको खतनामा पापमय स्‍वभावको देहलाई त्‍यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। बप्‍तिस्‍मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्‍वरको कार्यमा विश्‍वास राख्‍नाले यही बप्‍तिस्‍मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ। तिमीहरू आफ्‍ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्‍वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्‍यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्‍त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्‍त गर्नुभयो, र तिनलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।

शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्

कलस्सी 2:9-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि ईश्‍वरत्वको सारा परिपूर्णता ख्रीष्‍टको शरीरमा बास गर्दछ। अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्‍टको आत्मिकी खतनाद्वारा हटाइएको छ। किनकि जब तिमीहरूको बप्‍तिस्मा भयो तिमीहरू ख्रीष्‍टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउने परमेश्‍वरको शक्तिशाली सामर्थ्यमा विश्‍वास गर्‍यौ। जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो। उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो। यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो।

शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्

कलस्सी 2:9-15 पवित्र बाइबल (NERV)

परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ। अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ। ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ। यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले विश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो। तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो। हामी ऋणी छौं किन कि हामीले परमेश्वरको नियम तोडेका थियौं। त्यस ऋण-पत्रमा नियमको सूची थिएन जुन हामीले मानेका थिएनौं। तर परमेश्वरले हामीलाई त्यस ऋणदेखि पनि मुक्त पारिदिनु भयो। परमेश्वरले त्यो ऋण लगेर क्रूसमा ठोकिदिनु भयो। परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो।