कलस्सी 1:19-20
कलस्सी 1:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, र परमेश्वरले उहाँका क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।
कलस्सी 1:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि उहाँको सारा परिपूर्णता ख्रीष्टमा बास भएकोमा परमेश्वर प्रसन्न हुनुभयो। अनि उहाँद्वारा परमेश्वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।
कलस्सी 1:19-20 पवित्र बाइबल (NERV)
यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्। अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।
कलस्सी 1:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको आफ्नै निर्णयले उहाँको सम्पूर्ण स्वभाव पुत्रले पाउनुभएको छ। परमेश्वरले पुत्रबाट सबै सृष्टिलाई फेरि आफ्नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्नो पुत्रको रगतले स्वर्ग र पृथ्वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो।