कलस्सी 1:18-20
कलस्सी 1:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ शरीर, अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होऊन्। किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, र परमेश्वरले उहाँका क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।
कलस्सी 1:18-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्ठ हुनुहुन्छ। किनकि उहाँको सारा परिपूर्णता ख्रीष्टमा बास भएकोमा परमेश्वर प्रसन्न हुनुभयो। अनि उहाँद्वारा परमेश्वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।
कलस्सी 1:18-20 पवित्र बाइबल (NERV)
ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो। अनि उहाँ प्रभु हुनुहुन्छ, जो मृत्युबाट बौर्याइनुभएको थियो। यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ। यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्। अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।
कलस्सी 1:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मण्डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्छ। परमेश्वरको आफ्नै निर्णयले उहाँको सम्पूर्ण स्वभाव पुत्रले पाउनुभएको छ। परमेश्वरले पुत्रबाट सबै सृष्टिलाई फेरि आफ्नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्नो पुत्रको रगतले स्वर्ग र पृथ्वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो।