कलस्सी 1:15-16
कलस्सी 1:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।
कलस्सी 1:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्ट अदृश्य परमेश्वरका प्रतिरूप, सारा सृष्टिमा ज्येष्ठ हुनुहुन्छ। किनकि उहाँमा नै सबै थोकहरू सृष्टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्।
कलस्सी 1:15-16 पवित्र बाइबल (NERV)
परमेश्वरलाई कसैले देख्न सक्दैन। तर परमेश्वर हुबहु येशू हुनुहुन्छ। सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ। उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ। स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।
कलस्सी 1:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नदेखिने परमेश्वरकै देखिने रूप ख्रीष्ट हुनुहुन्छ। उहाँ सृष्टिभन्दा जेठो हुनुहुन्छ किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा उहाँद्वारा सृष्टि भयो। दृश्य र अदृश्य लगायत आत्माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्टद्वारा र ख्रीष्टकै निम्ति सृष्टि भयो।