आमोस 7:14-15
आमोस 7:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आमोसले अमस्याहलाई यो जवाफ दिए, “म त अगमवक्ता थिइनँ, र अगमवक्ताको छोरा पनि होइनँ। तर म एउटा गोठालो र अञ्जीरका रूखहरू हेरचाह गर्ने मानिस थिएँ। तर परमप्रभुले मलाई भेड़ाबाख्रा चराउनबाट बोलाउनुभयो, र मलाई भन्नुभयो, ‘जा, गएर मेरो प्रजा इस्राएललाई अगमवाणी कह’।
आमोस 7:14-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ। तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’
आमोस 7:14-15 पवित्र बाइबल (NERV)
तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अन्जीर र नेभाराका रूखहरू रूँग्ने मानिस हुँ। परमप्रभुले मलाई भेंडा़-बाख्राहरू चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरू इस्राएललाई अगमवाणी गर।’
आमोस 7:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आमोसले जवाफ दिए, “म ज्यालाको लागि अगमवाणी भन्ने खालको अगमवक्ता होइनँ, म गोठालो हुँ र नेभाराका रूखहरू स्याहार्ने काम पनि गर्दछु। परमप्रभुले मलाई गोठाले कामबाट निकाल्नुभएर इस्राएलका मानिसहरूलाई अगमवाणी भन्न आज्ञा गर्नुभयो।