आमोस 3:4-8

आमोस 3:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

के शिकार नभए झाड़ीमा सिंह गर्जन्‍छ र? केही फेला नपारीकन त्‍यो आफ्‍नो ओड़ारमा ङ्यार्रङुर्र गर्छ र? के भूइँमा पासो नथापीकनै चरो त्‍यसमा पर्छ र? के समात्‍नलाई केही नभएसम्‍म धराप भूइँबाट माथि उछिट्टिन्‍छ र? कुनै सहरमा के तुरही फुकेपछि मानिसहरू डराउँदैनन्‌ र? परमप्रभुले नपठाउनुभएसम्‍म के कुनै सहरमा विपत्ति आउँछ र? निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न। सिंह गर्जेको छ, को डराउँदैन? परमेश्‍वर बोल्‍नुभएको छ, कसले अगमवाणी नबोली छोड्‌दैन र?

शेयर गर्नुहोस्
आमोस 3 पढ्नुहोस्

आमोस 3:4-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

के जङ्गलमा शिकार नै नभेटी सिंह गर्जन्छ र? के सिंहले केही फेला नपारीकन त्यो आफ्नो गुफाभित्र गर्जन्छ र? के पासोमा चारो राखिएको छैन भने, चरो पासोमा पर्छ र? के पासोमा केही परेको छैन भने, त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र? जब सहरमा तुरही फुकिन्छ, तब के मानिसहरू डरले काम्दैनन् र? जब सहरमा विपत्ति आउँछ, के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र? निश्‍चय नै प्रभु याहवेहले आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई प्रकट नगरी केही पनि गर्नुहुन्‍न। सिंह गर्जेको सुनेर, को भयभीत नहोला र? प्रभु याहवेहले बोल्नुभएको छ; अनि कसले अगमवाणी गर्दैन र?

शेयर गर्नुहोस्
आमोस 3 पढ्नुहोस्

आमोस 3:4-8 पवित्र बाइबल (NERV)

के बुढो सिंह जङ्गलमा आफ्नो शिकार पाउनअघि गर्जन्छ? के जवान सिंह शिकार नसमातिकन गुफा भित्र गर्जन्छ? जबसम्म तिमीले जालमा चारो हाल्दैनौ चरा पक्रनु सक्दैनौ। अनि जब जाल माथिउठ्छ यसले चराहरू पक्रनेछ। के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरू डराउँदैनन्? अनि यदि शहरमा कष्टहरू आउँछ भने त्यो परमप्रभुद्वारा पठाइएको हो। मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सक्नु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ। यदि कुनै सिंह गर्जियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोक्न सक्छ?

शेयर गर्नुहोस्
आमोस 3 पढ्नुहोस्

आमोस 3:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

के जङ्गलमा शिकार नभेटी सिंह गर्जन्‍छ र? के शिकार फेला नपारेको भए जवान सिंह आफ्‍नो गुफामा गर्जन्‍छ र? के पासोमा चारो नराखे चरा त्‍यसमा पर्छ र? पासोमा केही नपरीकनै के त्‍यो आफैं उछिट्टिन्‍छ र? के सहरमा लडाइँको तुरही फुकेपछि कोही मानिस नडराई बस्‍न सक्‍छ र? के कुनै सहरमा परमप्रभुले नपठाईकन विपत्ति आउँछ र? सार्वभौम परमप्रभुले आफ्‍ना सेवक अगमवक्ताहरूलाई आफ्‍नो योजना प्रकट नगरी केही काम गर्नुहुन्‍न। सिंह गर्जंदा को डराउँदैन र? सार्वभौम परमप्रभु बोल्‍नुभएपछि उहाँको सन्‍देश घोषणा नगरी को बस्‍न सक्‍छ र?

शेयर गर्नुहोस्
आमोस 3 पढ्नुहोस्