आमोस 2:1-3
आमोस 2:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु यसो भन्नुहुन्छ: “मोआबका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले म मोआबमा आगो पठाइदिनेछु, र त्यसले किर्योतका किल्लाहरू भस्म पार्नेछ। मोआबचाहिँ खैलाबैला, ठूलो युद्ध-ध्वनि र तुरहीको सोरमा नष्ट हुनेछ। म त्यसको शासक र त्यसका सबै अधिकारीहरूलाई सर्वनाश गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।
आमोस 2:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह यसो भन्नुहुन्छ: “मोआबका तीन वटा पापहरू, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले एदोमको राजाका हड्डीहरू जलाएर खरानी पारिदियो; म मोआबमाथि आगो पठाउनेछु, जसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ। मोआबको पतन ठूलो होहल्लाका साथ युद्ध-ध्वनिको बीचमा र तुरहीका आवाजका साथ हुनेछ। म त्यसको शासकलाई नाश गर्नेछु, र त्यसका सबै अधिकारीहरूलाई त्योसितै मार्नेछु,” याहवेह भन्नुहुन्छ।
आमोस 2:1-3 पवित्र बाइबल (NERV)
परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने मोआबको राजाले एदोमको राजाको हड्डी जलाएर चुना बनायो। यसकारण अब म मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरू भस्म पार्नेछु। र त्यहाँ खैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ। यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरूसितै मार्नेछु।” परमप्रभु यसो भन्नुहुन्छ।
आमोस 2:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “मोआबका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्यसको निम्ति म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। एदोमका राजाका हड्डीहरू जलाएर खरानी बनाई तिनीहरूले मरेको राजाको समेत अपमान गरे। यसकारण म मोआब देशमा आगो लगाइदिनेछु र किर्योतका किल्लाहरू भस्म पारिदिनेछु। लडाइँको होहल्ला, सेनाको सोर र तुरहीको आवाजबीच मोआबका मानिसहरू मर्नेछन्। त्यस देशका शासक र भारदारहरू सबैलाई म नाश गर्नेछु।”