आमोस 1:1-2
आमोस 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तकोमा बस्ने गोठालाहरूमध्येका एक जना आमोसका वचन— यहूदाका राजा उज्जियाह र येहोआशका छोरा इस्राएलका राजा यारोबामका पालामा, भूकम्पका दुई वर्षअघि इस्राएलको विषयमा तिनले देखेका कुरा यी नै हुन्। तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्छन्।”
आमोस 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए। तिनले भने: “याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ, र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ; गोठालाका खर्कहरू सुकेर जान्छन् र कर्मेलको टाकुरा ओइलाउँछ।”
आमोस 1:1-2 पवित्र बाइबल (NERV)
आमोसको वचन! आमोस तको देशको एकजना भेंडा़ गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुईँचालोको दुइ बर्ष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए। आमोसले भने, “परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। यस समयमा गोठालाहरूको हरियो मैदान सुक्नेछ। यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।”
आमोस 1:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तको सहरबाट आएका गोठाला आमोसले भूइँचालो गएको दुई वर्षअघि भनेका कुरा यी नै हुन्। त्यस बेला यहूदाका राजा उज्जियाह र इस्राएलका राजा येहोआशको छोरा यारोबाम थिए। परमेश्वरले आमोसलाई इस्राएलबारे यी सबै कुरा प्रकट गर्नुभयो। आमोसले भने, “सियोन पहाडबाट परमप्रभु गर्जनुहुन्छ, यरूशलेमबाट उहाँको सोर आकाशको गर्जनझैँ निस्कन्छ। गाई-वस्तु चर्ने चउरहरू सुकिजान्छन् र कर्मेल डाँडाका घाँसपात ओइलिजान्छन्।”