प्रेरित 9:26-28
प्रेरित 9:26-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्ने प्रयत्न गरे। तर तिनीहरूलाई उनी चेला हुन् भन्ने पत्यार नहुँदा सबै तिनीसँग डराए। तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्नुभएको र तिनले दमस्कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए। शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्लमखुल्ला हिँड्न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे
प्रेरित 9:26-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्वास गर्न सकेनन्। तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए। त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले।
प्रेरित 9:26-28 पवित्र बाइबल (NERV)
त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्। तर बर्णाबासले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने। अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे।
प्रेरित 9:26-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यरूशलेम फर्केपछि शाऊल प्रभु येशूका चेलाहरूसँग मिल्न खोजे। तर चेलाहरू शाऊलसँग डराए किनभने उनी साँच्चै प्रभुका चेला हुन् भनेर तिनीहरूले विश्वासै गर्न सकेनन्। तर बारनाबास नाउँ भएका चेलाले शाऊललाई साथ दिँदै प्रेरितहरूकहाँ लगे। शाऊलले बाटोमा प्रभुलाई देखेको र प्रभुले तिनीसँग कुरा गर्नुभएको र त्यसपछि तिनले दमस्कसमा येशूको नाउँमा साहससँग प्रचार गरेको, सबै कुरा बारनाबासले तिनीहरूलाई बताइदिए। शाऊल तिनीहरूसँगै बसे अनि यरूशलेमभरि साहससित प्रभुको प्रचार गर्दै हिँडे।