प्रेरित 9:11 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 9:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब प्रभुले तिनलाई भन्नुभयो, “उठ, र ‘सीधा’ नामक गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्।
प्रेरित 9:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
प्रभुले भन्नुभयो, “उठेर सीधा भन्ने गल्लीमा जा र त्यहाँ यहूदाको घरमा टार्सस सहरबाट आएको शाऊल भन्ने मानिसको खोजी गर्। त्यहाँ उसले प्रार्थना गरिरहेको छ।
प्रेरित 9:11 NERV (पवित्र बाइबल)
प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ।
प्रेरित 9:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले तिनलाई भन्नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ।