प्रेरित 9:1-2
प्रेरित 9:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पूजाहारीकहाँ गए, र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे।

प्रेरित 9:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए, र दमस्कसमा भएका विश्वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे।
प्रेरित 9:1-2 पवित्र बाइबल (NERV)
त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए। शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।
प्रेरित 9:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति बेलासम्म पनि शाऊल प्रभु येशूका चेलाहरूलाई मार्ने धम्की दिँदै हिँडिरहेका थिए। तिनले प्रधान पूजाहारीकहाँ गएर “दमस्कसको सभाघरका शासकहरूलाई मेरो परिचय दिँदै पत्र लेखिदिनुहोस्,” भनेर अनुरोध गरे। “दमस्कस गएर त्यो मुक्ति पाइन्छ भन्ने बाटोमा लागेका पुरुष र स्त्रीसमेत सबैलाई खोजी-खोजी पक्रेर यरूशलेममा ल्याउन पाऊँ,” भनी तिनले अधिकार मागे।