प्रेरित 8:35-39

प्रेरित 8:35-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब फिलिपले आफ्‍नो मुख खोलेर धर्मशास्‍त्रको यसै खण्‍डबाट तिनलाई येशूको सुसमाचार सुनाए। अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्‍तिस्‍मा हुनदेखि केले रोक्‍न सक्‍छ?” [ फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” तिनले जवाफ दिए “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी म विश्‍वास गर्दछु।”] तिनले रथ रोक्‍ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्‍तिस्‍मा दिए। तर जब उनीहरू पानीबाट बाहिर उक्‍लिआए, तब प्रभुका आत्‍माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्‍नो बाटो लागे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:35-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए। तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?” फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।” अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए। जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:35-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अनि फिलिपले उनलाई धर्मशास्‍त्रको त्‍यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्‍छ भन्‍ने सुसमाचार सुनाए। बाटोमा जाँदाजाँदै तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। यी नपुंसकले फिलिपलाई भने, “यहाँ पानी रहेछ! के मलाई बप्‍तिस्‍मा लिन अब कुनै कुराले रोक्‍ला?” [फिलिपले तिनलाई भने, “हृदयदेखि नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” “हो, येशू ख्रीष्‍ट परमेश्‍वरको पुत्र हुनुहुन्‍छ भनेर म विश्‍वास गर्छु,” ती मानिसले जवाफ दिए।] उनले रथ रोक्‍न लगाए र उनीहरू दुवै झरेर पानी भएको ठाउँमा गए र फिलिपले उनलाई बप्‍तिस्‍मा दिए। उनीहरू पानीबाट बाहिर निस्‍केपछि प्रभुको आत्‍माले फिलिपलाई समातेर लानुभयो र ती नपुंसकले फिलिपलाई फेरि देखेनन् अनि तिनी हर्षले गद्‌गद् भएर आफ्‍नो बाटो लागे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्