सामग्रीमा जानुहोस्

प्रेरित 8:30 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 8:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्‍नुहुन्‍छ?”

प्रेरित 8 NNRV

प्रेरित 8:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्‍नुहुन्‍छ?”

प्रेरित 8 सरल नेपाली

प्रेरित 8:30 NERV (पवित्र बाइबल)

तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”

प्रेरित 8 NERV

प्रेरित 8:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?”

प्रेरित 8 NCV