प्रेरित 6:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 6:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने।
प्रेरित 6:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
प्रेरितहरूको विचार सबैलाई मन पर्यो। त्यसैले तिनीहरूले विश्वास र पवित्र आत्माले भरपूर भएका स्तिफनसलाई चुने र साथसाथै फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास अनि एन्टिओखिया सहरका यहूदी धर्म लिएका निकोलाउसलाई पनि चुने।
प्रेरित 6:5 NERV (पवित्र बाइबल)
चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, पर्मिनास र निकोलस एन्टिओकको, जो पहिले यहूदी भएका थिए।
प्रेरित 6:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने।