प्रेरित 6:11 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 6:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।”
प्रेरित 6:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरूले केही मानिसहरूलाई उस्काएर ‘हामीले यस मानिसलाई मोशा र परमेश्वरको विरुद्ध बोलेका सुनेका छौं’ भन्न लगाए।
प्रेरित 6:11 NERV (पवित्र बाइबल)
तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।”
प्रेरित 6:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्न लगाए, “परमेश्वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।”