प्रेरित 5:38-39
प्रेरित 5:38-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अहिलेको यस मामिलामा म तपाईंहरूलाई भन्दछु, कि यी मानिसहरूबाट अलग्ग बस्नुहोस्, र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। तर यदि यो परमेश्वरबाट हो भनेता तपाईंहरूले यसलाई रोक्न सक्नुहुन्न। नत्रता तपाईंहरू परमेश्वरको विरुद्धमा उठेका ठहरिनुहुनेछ।”
प्रेरित 5:38-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्। तर यदि यो परमेश्वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”
प्रेरित 5:38-39 पवित्र बाइबल (NERV)
यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ। तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाईं भएर समाप्त होला।” गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।
प्रेरित 5:38-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसैकारण अब यस मामिलामा म तपाईंहरूलाई भन्छु, ती मानिसहरूको विरोधमा केही नगर्नुहोस्, बरु तिनीहरूलाई छोडिदिनुहोस् किनकि तिनीहरूको यो विचार र काम मानिस आफैंले बनाएको हो भने त्यो आफैं हराएर जानेछ। तर यदि यो परमेश्वरबाट भएको हो भने तपाईंहरूले यी मानिसहरूलाई रोक्न सक्नुहुन्न। नत्र त तपाईंहरू परमेश्वरको विरोधमा लड्ने ठहरिनुहोला।”