प्रेरित 3:7-8
प्रेरित 3:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। अनि जुरुक्कै उठेर त्यो खड़ा भयो र हिँड्न थाल्यो, र हिँड्दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो।
प्रेरित 3:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। त्यो आफ्नो खुट्टाका बलले बुरुक्क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो।
प्रेरित 3:7-8 पवित्र बाइबल (NERV)
त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो। त्यो मानिस उफ्रियो र जुरूक्क उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो।
प्रेरित 3:7-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसो भनेर उनले त्यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्यति नै खेर त्यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए र ऊ उभिएर हिँड्न लाग्यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्वरको स्तुति प्रशंसा गर्दै उनीहरूसँग मन्दिरभित्र पस्यो।