Skip to content
बाइबल एप लोगो

प्रेरित 27:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 27:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

धेरै दिनसम्‍म बिस्‍तार-बिस्‍तार गएर कठिनतासाथ क्‍नीडसमा आइपुग्‍यौं र बतासले अझ अगि बढ्‌न नदिएको हुनाले क्रेटको आड़ लिएर हामी सालमोनेको छेउ-छेउ भएर गयौं।

शेयर गर्नुहोस्
प्रेरित 27 NNRV

प्रेरित 27:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हावा अघिल्‍तिरबाट चलेकोले हामी धेरै दिनसम्‍म बिस्‍तारै-बिस्‍तारै अघि बढेर बल्‍ल क्‍नीडस सहरको नजिकै पुग्‍यौं। त्‍यहाँ पुग्‍दा हावाले हामीलाई अझै अगाडि जान दिएन। त्‍यसैले हामी क्रेट टापुबाट छेकिंदै सालमोने भन्‍ने ठाउँबाट गयौं।

शेयर गर्नुहोस्
प्रेरित 27 सरल नेपाली

प्रेरित 27:7 NERV (पवित्र बाइबल)

हामी समुन्द्रयात्रा गरेर धेरै दिनसम्म बिस्तारै हिंडी रह्यौं किनभने बतास हाम्रो मार्गको विरुद्ध चलिरहेको थियो अनि स्नाइडस् भन्ने ठाउँमा खुब कठिन साथ पुग्यौं। त्यस प्रकारले हामी धेरै टाढा जान सकेनौ। यसकारण हामी सालमोन छेउ क्रेट टापूको दक्षिण तिर लाग्यौ।

शेयर गर्नुहोस्
प्रेरित 27 NERV

प्रेरित 27:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धेरै दिनसम्म मन्द गतिमा हाम्रो यात्रा अगि बढ्यो र क्नीडससम्म आइपुग्न हामीलाई धेरै कठिन पर्‍यो। जब विपरीत दिशाबाट बगेको हावाले हामीलाई चाहेकोतिर अगाडि बढ्न दिएन, तब क्रेटको आड लिँदै हामी सालमोनेको पल्‍लोपट्टि हुँदै गयौँ।

शेयर गर्नुहोस्
प्रेरित 27 NCV