प्रेरित 26:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 26:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि राजा स्वयम्ले यी कुराका विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन।
शेयर गर्नुहोस्
प्रेरित 26 NNRVप्रेरित 26:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
राजा अग्रिपासलाई यी सबै कुरा थाहा छ, उहाँलाई म यी कुराहरू साहससँग भन्न सक्छु। उहाँले अवश्य यी कुराहरूमा राम्ररी ध्यान दिनुभएको छ किनभने यी कुराहरू एक कुनामा घटेका होइनन्।
शेयर गर्नुहोस्
प्रेरित 26 सरल नेपालीप्रेरित 26:26 NERV (पवित्र बाइबल)
राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन।
शेयर गर्नुहोस्
प्रेरित 26 NERVप्रेरित 26:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्।
शेयर गर्नुहोस्
प्रेरित 26 NCV