प्रेरित 25:23 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 25:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्ट अग्रिपास र बरनिकी बड़ो रवाफसँग सेनापतिहरू र सहरका प्रमुख मानिसहरूका साथ सभाभवनमा पसे। अनि फेस्तसको हुकुम पाएर पावल हाजिर गराइए।
प्रेरित 25:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट अग्रिपास र बरनिकी ठूलो सम्मानमा आए। उनीहरू सेनापतिहरू र सहरका गण्य-मान्य व्यक्तिहरूसँग सभामा बसे। फेस्तसले आज्ञा दिएपछि पावललाई सभामा ल्याइयो।
प्रेरित 25:23 NERV (पवित्र बाइबल)
अर्को दिन आग्रिपा र वर्णिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र वर्णिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे।
प्रेरित 25:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट अग्रिपा र बेर्निके ठूलो तडकभडकसाथ आए, तिनीहरू उच्च अधिकृतहरू र सहरका प्रमुख व्यक्तिहरू भेला भएका सभाकक्षमा पसे। फेस्तसको आदेशपछि पावल त्यहाँभित्र उपस्थित गराइए।