प्रेरित 23:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 23:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने थाहा पाएर पावलले उच्च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्थानको कारण मेरो मुद्दा चलिरहेछ।”
प्रेरित 23:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
महासभामा सदुकी र फरिसी समूहका मानिसहरू बसेका छन् भन्ने कुरा जानेर पावलले ठूलो सोरमा भने, “दाजुभाइहरू हो, म फरिसीको छोरा फरिसी नै हुँ। मरेको मानिस फेरि बिउँतनेछन् भन्ने आशा राखेकाले यहाँ मेरो मुद्दा चलिरहेछ।”
प्रेरित 23:6 NERV (पवित्र बाइबल)
सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महा-सभाप्रति चिच्याए, “मेरा दाज्यू-भाइहरू, म फरसीको छोरो फरसी हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठ्ने छन्!”
प्रेरित 23:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।”