प्रेरित 23:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 23:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब पावलले उनलाई भने, “हे चून पोतेको भित्तो! तिमीलाई पनि परमेश्वरले प्रहार गर्नुहुनेछ। तिमी व्यवस्थाबमोजिम मेरो इन्साफ गर्न बसेर के व्यवस्थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्छौ?”
प्रेरित 23:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर पावलले हननियालाई भने, “हे सेतो कमेरो लाएको भित्तो! तिमीलाई पनि परमेश्वरले हिर्काउनुहुनेछ। तिमी व्यवस्थाअनुसार मेरो न्याय गर्न बसेका छौ र पनि व्यवस्था मिचेर मलाई कुट्ने आज्ञा किन दिन्छौ?”
प्रेरित 23:3 NERV (पवित्र बाइबल)
पावलले हननियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिर्काउनु हुनेछ। तिमी एक मैला भित्ता जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिर्काउर्नें आदेश दिएर कानुन अमान्य गरिरहेका छौ।”
प्रेरित 23:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पावलले भने, “हे चून पोतिएको भित्ता, परमेश्वरले तपाईंलाई प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस कानुनको उल्लङ्घन गर्दै हुनुहुन्छ।”