प्रेरित 22:20 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 22:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको साक्षी स्तिफनसको रक्तपात हुँदा म आफै पनि नजिकै उभी त्यस हत्यामा सहमत भई, उसलाई मार्नेहरूका वस्त्र कुरेर बसेका थिएँ।
प्रेरित 22:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तपाईंका साक्षी दिने स्तिफनसलाई रगतपच्छे पारेर मार्दा म त्यहाँ थिएँ। उनको ज्यान लिनेहरूसँग सहमत भएर तिनीहरूको लुगा कुरेर बसेको थिएँ’।
प्रेरित 22:20 NERV (पवित्र बाइबल)
मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’
प्रेरित 22:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र जब तपाईंको साक्षी स्तिफनसको रगत बगाइएको थियो, त्यसलाई अनुमति दिँदै उनलाई मार्ने साक्षीहरूको लुगाफाटाहरू हेरविचार गर्दै म त्यहीँ उभिरहेको थिएँ।’