प्रेरित 20:20-21 - Compare All Versions
प्रेरित 20:20-21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ। यहूदीहरूलाई र ग्रीकहरूलाई पश्चात्ताप गरेर परमेश्वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नू भन्ने कुराको गवाही मैले दिएको छु।
प्रेरित 20:20-21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरू सबैको अगाडि र घर-घरमा पसेर शिक्षा दिँदा मैले तपाईंहरूको भलाइ हुने कुनै कुरा मनमा बाँकी राखिनँ। ‘मैले यहूदी र अरू जातिका मानिसहरू सबैलाई आ-आफ्ना पाप छोडेर परमेश्वरकहाँ फर्किनू’ अनि येशूमा विश्वास गर्नू भनी प्रचार गरें।
प्रेरित 20:20-21 NERV (पवित्र बाइबल)
मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाएँ। मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिवर्त गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।
प्रेरित 20:20-21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ। तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ। यहूदीहरू र ग्रीकहरू पश्चात्तापमा परमेश्वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ।