सामग्रीमा जानुहोस्

प्रेरित 19:13 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 19:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर कुनै-कुनै यताउता घुमफिर गर्ने यहूदी झारफूकेहरूले भूतात्‍मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्‍चारण गर्दै यसो भने, “पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।”

प्रेरित 19 NNRV

प्रेरित 19:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ठाउँ-ठाउँमा घुमिहिँड्‍ने झारफुके यहूदीहरूले पनि प्रभु येशूको नाउँमा दुष्‍ट आत्‍मा निकाल्‍न खोजे। तिनीहरूले दुष्‍ट आत्‍मालाई “पावलले प्रचार गरेको येशूको नाउँमा म तँलाई निक्‍लने आज्ञा दिन्‍छु!” भन्‍थे।

प्रेरित 19 सरल नेपाली

प्रेरित 19:13-14 NERV (पवित्र बाइबल)

कतिपय यहूदीहरू ठाउँ-ठाउँ डुल्दै दुष्ट-आत्माहरू मानिसहरूबाट हटाईदिन्थे। स्केवाका सात जना छोराहरूले त्यस्तो गर्थे (स्केवा प्रमुख पुजाहारी थिए) तब यी यहूदीहरूले प्रभु येशूको नाम प्रयोगगरी मानिसहरूबाट दुष्ट-आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे, “म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।”

प्रेरित 19 NERV

प्रेरित 19:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

घुमफिर गर्दै हिँड्ने केही यहूदी झारफूकेहरूले दुष्‍ट आत्मा लागेकाहरूबाट प्रभु येशूको नाममा ती दुष्‍ट आत्मा निकाल्न खोजे। तिनीहरूले यसो भन्थे, “पावलले प्रचार गरेको उनै येशूको नाममा म तँलाई बाहिर निस्कने आज्ञा दिन्छु।”

प्रेरित 19 NCV