Skip to content
बाइबल एप लोगो

प्रेरित 18:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 18:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनी सभाघरमा साहसपूर्वक बोल्‍न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्‍किला र अकिलासले तिनलाई आफ्‍नो घरमा ल्‍याए, र परमेश्‍वरका मार्गको अर्थ झन्‌ प्रष्‍टसँग बुझाइदिए।

शेयर गर्नुहोस्
प्रेरित 18 NNRV

प्रेरित 18:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उनले यहूदीहरूको सभाघरमा निर्धक्‍कसँग शिक्षा दिन थाले। उनको शिक्षा सुनेपछि प्रिस्‍किला र अकिलासले उनलाई आफ्‍नो घरमा लगे र उनीहरूले परमेश्‍वरको मुक्तिको उपायलाई राम्ररी बयान गरेर उनलाई बुझाइदिए।

शेयर गर्नुहोस्
प्रेरित 18 सरल नेपाली

प्रेरित 18:26 NERV (पवित्र बाइबल)

उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।

शेयर गर्नुहोस्
प्रेरित 18 NERV

प्रेरित 18:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे। अनि परमेश्‍वरको मार्गका बारेमा अझ प्रष्‍टसँग तिनलाई सम्झाइदिए।

शेयर गर्नुहोस्
प्रेरित 18 NCV