प्रेरित 15:28-29 - Compare All Versions
प्रेरित 15:28-29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनभने पवित्र आत्मा र हामीहरूलाई यो उचित लाग्यो, कि यी आवश्यक कुराहरूबाहेक अरू बढ़ी बोझ तपाईंहरूलाई बोकाउनुहुँदैन। तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुहोस्। यी कुराहरूबाट अलग्ग रहनुभयो भने असल हुनेछ। बिदा।”
प्रेरित 15:28-29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ। मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारेका पशुहरूको मासु र व्यभिचारबाट टाढा रहनुहोस्! यी सबै कुराबाट अलग रहनुभयो भने असल हुनेछ! बिदा।
प्रेरित 15:28-29 NERV (पवित्र बाइबल)
पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः मूर्तिहरूलाई चढाएको खाद्य नखाऊ। रगत नखानु, निमोठेर मारिएको पशुहरू नखानु, कुनै प्रकारको यौन पापहरू नगर्नु।
प्रेरित 15:28-29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अब पालन गर्नुपर्ने मुख्य कुराबाहेक तपाईंहरूलाई मोशाले दिएका नियमको अरू बोझ नबोकाउनु नै पवित्र आत्मा र हामीहरूले ठीक ठहरायौं। अब मुख्य कुराचाहिँ यिनै हुन्– मूर्तिलाई बलि चढाएको कुरो नखानू, केहीको पनि रगत नपिउनू, घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्यभिचारबाट अलग भएर बस्नू। यी कुराहरू पालन गर्नुभयो भने तपाईंहरूलाई असल हुनेछ। तपाईंहरू सबैको भलो होस्। भन्नुपर्ने कुराचाहिँ यति नै हो।