प्रेरित 15:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 15:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब प्रेरितहरू, एल्डरहरू र सम्पूर्ण मण्डलीले मिलेर आफ्ना बीचबाट कतिपय मानिसहरूलाई चुनेर पावल र बारनाबाससँग एन्टिओखियामा पठाउन उचित ठाने, र भाइहरूमध्ये मुख्य मानिसहरू, यहूदा भनिने बारसाबास र सिलासलाई चुने
प्रेरित 15:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि प्रेरित र मण्डलीका धर्म-गुरुहरूले प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूसँग मिलेर दुई जना मानिसलाई चुने। उनीहरूले ती दुई जनालाई पावल र बारनाबासको साथ लगाएर एन्टिओखिया सहरमा पठाउने निश्चय गरे। ती छानिएका दुई जना मानिस बारसाबास भनिने यहूदा र सिलास थिए। प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूमा ती दुई भाइ अगुवा थिए।
प्रेरित 15:22 NERV (पवित्र बाइबल)
तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यू-भाइहरूले खुबै सम्मान गर्थे।
प्रेरित 15:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए।