प्रेरित 13:46 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 13:46 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर पावल र बारनाबासले साहस गरेर भने, “परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्यक थियो। तपाईंहरूले यसलाई इन्कार गरी आफैलाई अनन्त जीवनको अयोग्य ठहराउनुभएकोले हामी अब अन्यजातिहरूकहाँ जानेछौं।
प्रेरित 13:46 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर पावल र बारनाबासले अझ साहससँग भने, “तपाईंहरूकहाँ पहिले परमेश्वरको सुसमाचार सुनाउनुपर्थ्यो, तर तपाईंहरूचाहिँ सुन्न मान्नुहुन्न। तपाईंहरू आफैंलाई अजम्मरी जीवनको अयोग्य तुल्याउनुहुन्छ। यसकारण हामी अरू जातिका मानिसहरूकहाँ जान्छौं।
प्रेरित 13:46 NERV (पवित्र बाइबल)
तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैंले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ फर्कनेछौं।
प्रेरित 13:46 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्वरको वचन भन्नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ।