प्रेरित 12:17 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 12:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनले “चूप लाग” भनी हातले इशारा गरे, र प्रभुले तिनलाई कसरी झ्यालखानबाट बाहिर निकाल्नुभयो सो तिनीहरूलाई बताए। यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू भनेर तिनी बिदा भएर अर्कै ठाउँमा गइहाले।
प्रेरित 12:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले तिनीहरूलाई हातको इशाराले चुप गराए अनि परमेश्वरले आफूलाई कसरी झ्यालखानबाट निकाल्नुभयो भन्ने कुरा तिनीहरूलाई सुनाए। “याकूब र मण्डलीका अरू दाजुभाइहरूलाई पनि यो कुरा सुनाइदिनू है,” भनेर तिनी त्यहाँबाट गइहाले।
प्रेरित 12:17 NERV (पवित्र बाइबल)
पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।
प्रेरित 12:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले तिनीहरूलाई चुप रहन हातले इशारा गरे। अनि कसरी तिनलाई प्रभुले झ्यालखानाबाट निकाल्नुभयो भनी वर्णन गरे। त्यसपछि तिनले भने, “यी कुराको बारेमा याकोब र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइदेओ,” भनेर तिनी अर्को ठाउँमा गइहाले।