प्रेरित 11:4-10

प्रेरित 11:4-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब पत्रुसले क्रमैसँग तिनीहरूलाई व्‍याख्‍या दिन थाले: “म योप्‍पा सहरमा प्रार्थना गर्दैथिएँ, र ध्‍यान-मग्‍न थिए, तब एउटा ठूलो तन्‍नाजस्‍तो चार कुनामा समाती तल झरिराखेको केही थोक मैले दर्शनमा देखें, र त्‍यो मकहाँ आयो। मैले नियालेर हेर्दा त्‍यहाँ पृथ्‍वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्‍तु र आकाशका चराचुरुङ्गीहरू देखें। मलाई यसो भनेको एउटा आवाज मैले सुनें, ‘पत्रुस उठ, र मारेर खाऊ।’ “तर मैले भनें, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्‍यै परेको छैन।’ “तर त्‍यस आवाजले दोस्रो पल्‍ट स्‍वर्गबाट मलाई भन्‍यो, ‘जे परमेश्‍वरले शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नभन।’ तीन पल्‍ट त्‍यस्‍तै भयो, र ती सबै फेरि स्‍वर्गमा लगिए।

शेयर गर्नुहोस्
प्रेरित 11 पढ्नुहोस्

प्रेरित 11:4-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने: “म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ। त्यसै बेला ध्यानमग्न हुँदा मैले एउटा दर्शन देखेँ। एउटा ठूलो तन्‍नाजस्तो चारै कुनामा बाँधिएको कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको मैले देखेँ। म जुन ठाउँमा थिएँ, त्यो मकहाँ आयो। जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। त्यसपछि एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।’ “तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’ “स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’ अनि तीन पल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना फेरि स्वर्गतिर फिर्ता लगियो।

शेयर गर्नुहोस्
प्रेरित 11 पढ्नुहोस्

प्रेरित 11:4-10 पवित्र बाइबल (NERV)

पत्रुसले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए। उनले भने, “म जोप्पा शहरमा थिएँ। मैले प्रार्थना गरिरहेको बेला एउटा दर्शन पाएँ। त्यस दर्शनमा मैले ठूलो लुगा जस्तो केही आकाशबाट तल ओर्लिरहेको देखे। त्यसलाई त्यसको चारै कोणबाट समातिएको थियो। त्यो म भएकोमा आयो। जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें। तब मैले एउटा आवाजले मलाई भनिरहेको सुने, ‘उठ पत्रुस! कुनै पनि जीवित प्राणी मार र खाऊ!’ “तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’ “तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’ “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो।

शेयर गर्नुहोस्
प्रेरित 11 पढ्नुहोस्

प्रेरित 11:4-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो हुँदा पत्रुसले के-के भएको थियो, ती सबै कुरा सुरुदेखि नै सुनाउन लागे– “म योप्‍पा सहरमा हुँदा प्रार्थना गर्दै थिएँ। मैले ध्‍यानमग्‍न भएर यस्‍तो एउटा दर्शन देखें। स्‍वर्गबाट एउटा ठूलो तन्‍नाजस्‍तो चीज चार कुनामा समातिएर मतिर झरिरहेको देखें। त्‍यो आएर मेरो छेवैमा रोकियो। मैले राम्ररी हेर्दा त त्‍यसमा चारखुट्टे पशुहरू, जङ्गली जनावरहरू, घस्रने जीवजन्‍तुहरू र आकाशका चरा-चुरुङ्गीहरू रहेछन्। त्‍यसपछि मैले यसो भनेको एउटा आवाज सुनें, ‘ए पत्रुस, उठ र यिनीहरूलाई मारेर खाऊ’। मैले भनें, ‘होइन यस्‍तो कुरा म कसरी खान सक्‍छु र, प्रभु! यस्‍ता खान नहुने अशुद्ध कुरा मेरो मुखमा कहिल्‍यै परेको छैन’। स्‍वर्गबाट फेरि त्‍यो आवाजले भन्‍यो, ‘परमेश्‍वरले शुद्ध ठहराउनुभएको कुरालाई तिमीले अशुद्ध नठान!’ तीनपल्‍टसम्‍म यस्‍तै भयो र त्‍यसपछि सबै चीज फेरि स्‍वर्गतिर लगियो।

शेयर गर्नुहोस्
प्रेरित 11 पढ्नुहोस्