प्रेरित 11:28 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 11:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्ने पवित्र आत्माद्वारा भविष्यवाणी बोले। त्यो अनिकाल क्लौडियसको शासनकालमा पर्यो।
प्रेरित 11:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमध्ये अगाबस नाउँ गरेका एक जना थिए। पवित्र आत्माले उनलाई पृथ्वीभरि नै अनिकालपर्नेछ भनेर थाहा दिनुभएको थियो। उनले मण्डलीमा उभिएर यो कुरो बताइदिए। (पछि रोमी महाराजा क्लौडियसको पालामा त्यो अनिकाल आयो।)
प्रेरित 11:28 NERV (पवित्र बाइबल)
तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा-अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)।
प्रेरित 11:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।)