प्रेरित 10:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 10:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्नुहोस्।” अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन्।
प्रेरित 10:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
डरले स्वर्गदूतलाई हेरेको हेरेकै भएर कर्नेलियसले भने, “आज्ञा होस् हजुर!” स्वर्गदूतले भने, “तिम्रा प्रार्थनाहरू र तिमीले गरीबहरूलाई गरेको दयाका कामहरू परमेश्वरकहाँ पुगेका छन्। यी सबैको उहाँले याद राख्नुभएको छ।
प्रेरित 10:4 NERV (पवित्र बाइबल)
कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, “तपाईं के चाहनु हुन्छ, प्रभु?” स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ।
प्रेरित 10:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भयभीत हुँदै कर्नेलियसले स्वर्गदूतलाई एक टकले हेरे, र तिनले सोधे, “प्रभु, यो के हो?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ।