२ तिमोथी 4:1-4

२ तिमोथी 4:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरको सामने र जिउँदा र मरेकाहरूको इन्‍साफ गर्न आउनुहुने ख्रीष्‍ट येशूको सामने, अनि उहाँको आगमन र राज्‍यलाई ध्‍यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु, वचन प्रचार गर, समय र बेसमयमा तत्‍पर बस, अर्ती देऊ, हप्‍काऊ, उत्‍साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक। किनकि यस्‍तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्‍न चाहनेछन्‌ र आफ्‍नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्, र सत्‍य कुरा सुन्‍नदेखि तर्किजानेछन्, दन्‍त्‍यकथाहरूतिर बरालिनेछन्‌।

शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्

२ तिमोथी 4:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्‍ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु: वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ। किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्‍न चाहेका कुराहरू भन्‍नेछन्। तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्।

शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्

२ तिमोथी 4:1-4 पवित्र बाइबल (NERV)

परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर। समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्। मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्।

शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्

२ तिमोथी 4:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मरेका र जिउँदा सबै मानिसका न्‍याय गर्ने ख्रीष्‍ट येशू र परमेश्‍वरका सामुन्‍ने म तिमीलाई जोड दिएर भन्‍छु। ख्रीष्‍ट आएर राज्‍य गर्नुहुने भएकोले म तिमीलाई परमेश्‍वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्‍तिसँग रहेर सम्‍झाऊ, हौसला देओ। मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्‍नै इच्‍छाहरूका पछि लाग्‍नेछन्। तिनीहरूले आफूलाई मज्‍जा लाग्‍ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्। तिनीहरूले त सत्‍य कुराहरूलाई सुन्‍नै सक्‍दैनन् तर दन्‍त्‍यकथाहरू सुन्‍नचाहिँ मन पराउँछन्।

शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्